Thursday 14 November 2013

कविता

Lochan Jyoti Chamling
तिहार

तिहार यसरि नै आउने गर्छ
नया जोस र खुसि बोकेर
हाम्रै गाउ, सहर, बस्ति र झुपडीहरुमा
वीर योद्दाले रचेको गढी र किल्लाहरुमा ...
स्वर्णिम अक्षरले कुदेका नेपाली भुचित्रमा
लक्ष्मी झै फुल्न थाल्छ
लेक बेसीमा मखमली सयपत्री र इन्द्र धनुषहरु !
जब हिमालमा हिउको पिठो पोखिन्छ
तराइमा सीतलहरले चिमोटन थाल्छ
तै पनि ,
तिहारको चुम्बकीय स्प्रशले
मेरो दाजुको भाग्यशाली निधारमा
द्रिघायुको सप्तरंगी भाईटिकाहरु
गला भरि नवैलाउने मखमलिहरु
खुली दिन्छ यमलोकको बिरुद्दमा !

मानव निर्मित भूउपग्रह र
भुवारी घन्टे सुइँको घुमाइमा
परिवर्तित छ ऋतुहरु मध्ये
शरदे बिहानीको सुन्दर किरण
शान्त नेपाली छातीमा ठोकिनदै
बुद्धको नामवालीमा रंगिन चुम्बन गरिदिन्छ
अनि
तिहार लुम्बिनी झैं झलमल्ल बलि दिन्छ
विमोचित शान्तिको पक्षमा !

वासित शरद ऋतुको आगमनमा
गोदावरी, बावारी र पारिजात फुली दिन्छ
डाफे मुनालले सारंगी र बिनायो झै
देउसे भैलेको चौडा छाती बनाई दिन्छ
चाप मादलको तालमा देउसी गुञ्जिनछ
रनवन र छहरामा भैलो धोवनित हुन्छ
त्यस पछि
असल अनुगामी परिकार समर्पित हुन्छ
हो तिहार यसरि नै प्रत्येक वर्ष आउछ
आजीवन नेपाली आमाको नाममा !

लोचन ज्योति अनर्थ
चिप्रिंग ८, खोटांग

No comments:

Post a Comment