Friday 12 July 2013

कविता

जिन्दगी मलाई चाहिन्छ
Jasraj Kirati
(जसराज किराती)

म कतै जानेवाला छु-
मलाई यो चाहिन्छ
म कतैबाट आउनेवाला छु-
मलाई यो चाहिन्छ
कमसेकम यो नभई हुँदैन
मलाई यसको जरुरत छ
र म यो जिन्दगीलाई प्यार गर्छु
भनिन्छ-
यो मर्छ
यो माटोको ढिकजस्तै भत्किन्छ
भत्कियोस् वा मरोस्
तर मलाई यो चाहिन्छ
यो छैन भने
को गइदिने फाँसीको तख्तामा झुण्डिन
खोला तर्नुपर्ने छ
पहाड चढ्नुपर्ने छ
जति बेला पिन
मलाई यो जिन्दगी चाहिन्छ ।

भनिन्छ-
यो मासुको एक थाल एक बटुको झोल
नुन-खुसा्रनी
अनि सुरुप-सुरुप तन्काउनु
एक गाँस हुन्छ
एक घुट्को हुन्छ
त्यसो हो भने-मलाई यो नभई हुँदैन
कसैलाई केही दिनेवाला छु-
यो मलाई चाहिन्छ
कसैबाट केही लिनेवाला छु-
यो मलाई चाहिन्छ
यो छ र त
रगतको बीच कहीँ रातो पनि छ
यो छ र त
हाडको बीच कहीँ कडा पनि छ
यो कडा र रातो मलाई चाहिन्छ
सम्झन्छु-
मलाई खुकुरी र खुकुरीको धार चाहिन्छ
अनि बुद्धको अिहंसा र
गान्धीको शान्तिरेखामा
कुनै दिन संहार पनि चाहिन्छ
हो-
केही हुनेवाला छ-
त्यसकारण जिन्दगी मलाई चाहिन्छ
हो-
केही बन्नेवाला छ-
त्यसकारण जिन्दगी मलाई चाहिन्छ
यो छ र त
हराएको कुरा खोज्न पाइन्छ
कमसेकम-यो छ र त
लुटिएको कुरा खोस्न पाइन्छ ।

No comments:

Post a Comment