Monday 22 July 2013

कविता

कारागारभित्रको जून

जून
Bishnu Rai
(बिष्णु राई) 
आयो भनेर पर्खेको
अझ टह टह आएको छैन
ल्याम्पोष्टको भरै छैनकसको रगतले रात सहिछाप लगाउँछ
स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ
जता ततै त्रास

जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन्
अन्धाहरू पहाड चढ्ने आकाङ्क्षामा छन्
लाटाहरू बोल्न थालेका छन्

तर निशब्द जून    बादलको कारागारमा थुनिएको देखेर
फेरि फूलहरु आफैलाई चढाउन थालेका छन्   
भुतको जगजगीले देवताहरू लुक्न थालेका छन्   
बुद्ध हिँड्ने बाटोमा मृत्यु हिँड्न थालेका छन्

अबोध ढुंगा भएर टहक जून आउने आसमा चुपचाप आकाश हेर्न थालेका छन्

No comments:

Post a Comment