Saturday 27 July 2013

कविता

बन्दोरहेछ कविता

Pabitra Rai
गित संगित र कविताहरु नै
जीन्दगीको भोगाईहरु रहेछ
जीन्दगीको भोगाईहरु नै
गित संगित र कविताहरु रहेछ
जीन्दगीको भोगाईहरु लेख्दा
बन्दो रहेछ जीन्दगीको अर्को पाटा
परिणत हुदै एउटा मिठो कवितामा
दुःख सुःख या रोदन खुःसीहरुमा
भोगिरहेको क्षणहरु लेख्दा
त्यो नै बन्दो रहेछ कबिताको टुक्रा

खुःसी संगै मिठो मुस्कान र्छदा
सबै बटुलिन्दा बन्दो रहेछ कविता
गितकारले गित गाउछ
कविले कविता लेख्छ
कथाकारले कथा लेख्छ
साहित्यकारले साहित्य लेख रचानाहरुनिरन्तर लेखिरहेको हुन्छ
भनिन्छ मान्छेहरुको कला हो
दिमाग बुद्धिसंग तुलना पनि गरिन्छ
तर वास्तवमै भन्ने हो भने
गित संगित कथा कविता सबैसंग हुन्छ
जस्ले पनि आ-आफ्नो भोगाईहरुसंगै
गाउदै हिडि रहेको हुन्छ
जुन बेला नसोचेको आधि हुरीहरु चल्दा
आफ्नै मन भित्र भित्रै गुनगुनाई रहेको हुन्छ
अनि आफ्नै शुरमा गित कविताहरु
भनिरहेको पोखिरहेको हुन्छ
र उसले आफै दिन्छ मनलाई सान्त्वना
त्यो नै एउटा मिठो कविता र गित रहेछ

जुन बेला कपि र मसिको सहारामा
लेख्छ मनको बेलौना त्यो नै एउटा कविता रहेछ
जस्ले छाती भित्र लागेको मैला वा सफाईहरु
कपिमा उतारिदिन्छ उ नै एउटा कवि हो
जो आफ्नो जीन्दगीको गहिराईहरुमा डुब्दै
एक टुक्रा कपिमा लेख्दै सारि दिन्छ
त्यो नै एउटा साहित्यकारको साहित्य हो

No comments:

Post a Comment