Friday 12 July 2013

कविता

Prakash Rodung
(प्रकाश रोदुङ)
 
 
उ कोहो ?
बोली झर्रो लेखाई दह्रो
मनको दयालु,ब्याबहार खरो
चिप्लो चाप्लुसी जान्दै नजान्ने
मानवताको सधै ओकालत गर्ने
पिरमार्का रत्तिभर नसहने

उ कोहो ?
मौकामा हिरा फोर्ने
बेमौकामा रत्ति नडग्ने
पाएसम्म जे पनि खाने
अगाडि आएको केहि नछाडने
स्वास्थ्य होकि रोगी
जोगी होकि भोगी
 
उ कोहो ?
सस्कार सस्कृतिको पक्षपाती
देश र माटोको रक्षाबादि
राष्ट्रप्रेमले सधै झांगिएको
बोलीमा हैन ब्याबहारमा लागु गर्न
लैनो जर्सी गाई छाडि
थारो, वकेर्नो सुम्सुम्याउन
स्वदेश फर्किएको
उ हो किराती भोगेन एक्ले?

No comments:

Post a Comment