Thursday 14 November 2013

कविता

Lochan Jyoti Chamling
तिहार

तिहार यसरि नै आउने गर्छ
नया जोस र खुसि बोकेर
हाम्रै गाउ, सहर, बस्ति र झुपडीहरुमा
वीर योद्दाले रचेको गढी र किल्लाहरुमा ...
स्वर्णिम अक्षरले कुदेका नेपाली भुचित्रमा
लक्ष्मी झै फुल्न थाल्छ
लेक बेसीमा मखमली सयपत्री र इन्द्र धनुषहरु !

गीत

Mina Puma Rai
फुलै फुलको भन्थेँ जिबन काँडा पनि रहेछ
खुसिनै खुसि ठान्थेँ जिबन आँशु पनि रहेछ

कैले हिउँद कैले बर्खा कैले घाँम कैले पानी
कैले हाँसो कैले आँशु यस्तै रै'छ जिन्दगानी
दिनै दिन भन्थेँ जिबन रात पनि रहेछ
खुसिनै खुसि ठान्थेँ जिबन आँशु पनि रहेछ
...
कैले जीत कैले हार कैले मिलन कैले बिछोड
कैले हर्ष कैले बिस्मात कैले प्रीत कैले चोट
सफलनै सफल भन्थेँ जिबन घात पनि रहेछ
खुसिनै खुसि ठान्थेँ जिबन आँशु पनि रहेछ

Monday 5 August 2013

विचार

परिवर्तनका मुद्दा र दुई माओवादी
Hari Rokka

     
       क्रान्ति एउटा घटना होइन, एउटा सशक्त प्रक्रिया हो । यो प्रक्रिया यसकारण लामो हुन्छ, किनकि आफ्नै असफलता र कमजोरीहरूबाट सिक्दै अगाडि बढ्नुपर्ने हुन्छ । प्रक्रियालाई अग्रता दिइरहँदाका प्रत्येक क्षणहरूमा आवश्यक सिद्धान्तका जरा केलाउनुपर्ने हुन्छ र कतिपय बेला पुराना सिद्धान्तलाई नयाँ परिवेशमा नयाँ अर्थमा र औचित्य नभाँचिनेगरी ब्याख्या गर्नुपर्ने हिम्मत देखाउनुपर्छ । ताकि ती व्याख्याले आन्दोलनकारीले आफ्नो सिद्धान्तको प्रतिरक्षा गर्ने ठाउँ पाउन सकुन् । जसका आधारमा सामाजिक सम्वन्धलाई बलियो र जुझारु बनाउन सकियोस् । हरेक क्रान्तिलाई पूर्णता दिनेक्रममा सिक्दै जाँदा वा आफूलाई सच्याउँदै जाने क्रम ढिल हुन पुग्यो भने ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखापर्न सक्छ । योजनाबद्ध कार्यक्रम बनाउन नसक्दा, बनाएका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा कार्यान्वयनमा लैजान नसक्दा र हिजो भनिए या बोलिएभन्दा भिन्न ढंगले अगाडि बढ्दा आम मानिसको क्रान्ति वा आन्दोलनले अगाडि सारेका मूलभूत बुँदाहरूमा समेत मोहभंग हुने खतरा रहन्छ । त्यस्तो अवस्थामा प्रतिक्रान्ति हुने खतरा रहन्छ ।

Saturday 27 July 2013

कविता

बन्दोरहेछ कविता

Pabitra Rai
गित संगित र कविताहरु नै
जीन्दगीको भोगाईहरु रहेछ
जीन्दगीको भोगाईहरु नै
गित संगित र कविताहरु रहेछ
जीन्दगीको भोगाईहरु लेख्दा
बन्दो रहेछ जीन्दगीको अर्को पाटा
परिणत हुदै एउटा मिठो कवितामा
दुःख सुःख या रोदन खुःसीहरुमा
भोगिरहेको क्षणहरु लेख्दा
त्यो नै बन्दो रहेछ कबिताको टुक्रा

खुःसी संगै मिठो मुस्कान र्छदा
सबै बटुलिन्दा बन्दो रहेछ कविता
गितकारले गित गाउछ
कविले कविता लेख्छ
कथाकारले कथा लेख्छ
साहित्यकारले साहित्य लेख रचानाहरु

Monday 22 July 2013

कविता

कारागारभित्रको जून

जून
Bishnu Rai
(बिष्णु राई) 
आयो भनेर पर्खेको
अझ टह टह आएको छैन
ल्याम्पोष्टको भरै छैनकसको रगतले रात सहिछाप लगाउँछ
स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ
जता ततै त्रास

जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन्
अन्धाहरू पहाड चढ्ने आकाङ्क्षामा छन्
लाटाहरू बोल्न थालेका छन्

तर निशब्द जून   

Saturday 20 July 2013

कविता

Keshar Thulung
कहाँनेर छु ?

यो शून्यनीलो आकासको मूनि
ठिङ्ग उभिरहेको हिमालजस्तै- म
कहिल्यै नरोकी सलल बगिरहेको नदिजस्तै- म
निरन्तर यात्रामा लम्किरहेको
यो गतिशिल समयजस्तै- म
यो विशाल पृथ्वीको
कुन ठाउँमा कहाँनेर छु
 

यतिमात्र थाहा छ
मेरो बुवाको वीर्यको वीजन- म
र मेरो आमाको गर्भमा हुर्केर
पहिलो चोटी यो धरातलमा
पाइला टेकेको मान्छे- म
मान्छे हुनुको अर्थमा
आफूलाई मान्छे बनाइरहेको छु
तर, कहाँनेर छु 


Friday 12 July 2013

कविता

Prakash Rodung
(प्रकाश रोदुङ)
 
 
उ कोहो ?
बोली झर्रो लेखाई दह्रो
मनको दयालु,ब्याबहार खरो
चिप्लो चाप्लुसी जान्दै नजान्ने
मानवताको सधै ओकालत गर्ने
पिरमार्का रत्तिभर नसहने

कविता

पानी खोटाङमा तिर्खा काठमाडौंमा

 
Image
Bam Baniya
(बम बानिया)
आँ… मुख बाएर लाइनमा बस्छ
घण्टौँ पर्खिएर रित्तै फर्किन्छ
भाँडो प्लास्टिकको केवल पाँच लिटरको
काठमाडौँमा
त्यसै लाइनमा मेरो मन
रावा र सावाका छालहरुमा डुबुल्की खेलिरहेको हुन्छ
साप्सुको मुहान
रुपाकोट मेरुङ र ट्याम्के चुम्दै बगेका झरनाहरु
प्यास उडेर पुग्छ खोटाङमा

तिर्खाएको मेरो आत्मा
निन्द्राभर पाचेखोलामा नुहाइरहेको हुन्छ
पान्धारेमा कलकल पिइरहेको हुन्छ
न यसलाई फिल्टर चाहिन्छ
न वाटरगार्ड नै

कविता

जिन्दगी मलाई चाहिन्छ
Jasraj Kirati
(जसराज किराती)

म कतै जानेवाला छु-
मलाई यो चाहिन्छ
म कतैबाट आउनेवाला छु-
मलाई यो चाहिन्छ
कमसेकम यो नभई हुँदैन
मलाई यसको जरुरत छ
र म यो जिन्दगीलाई प्यार गर्छु
भनिन्छ-
यो मर्छ
यो माटोको ढिकजस्तै भत्किन्छ
भत्कियोस् वा मरोस्
तर मलाई यो चाहिन्छ
यो छैन भने

समाचार

खोटाङका छुट्टा–छुट्टै दुई स्थानमा बसपार्क निर्माण गरिने:             
           खोटाङका छुट्टा–छुट्टै दुई स्थानमा बसपार्क निर्माण गरिने भएको छ । जिल्ला बिकास समितिको सभाहलमा आइतबार भएको सर्वपक्षीय बैठकले सदरमुकाम दिक्तेल–५ सोल्मा र दिक्तेल–४ आचार्य गाउँमा बसपार्क निर्माण गर्ने टुंगो लगाएको हो ।बसपार्क बनाउनकालागि पहल तथा छलफल भएको झण्डै दुई वर्षपछि मात्र जिल्लामा बसपार्क निर्माण गर्ने स्थानको टुंगो लागेको हो । जिल्ला बिकास समितिका पदाधिकारी, राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको बैठकले यस आर्थिक वर्ष सोल्मामा र अर्को आर्थिक वर्ष आचार्य गाउँमा बसपार्क निर्माण गर्ने निर्णय गरेको जिल्ला बिकास समिति खोटाङले जनाएको छ । बैठकले सोल्मा–५ का रत्नबहादुर राई लगायतको समुहले निशुल्क दिएको २० रोपनी जग्गामा बसपार्क निर्माणकालागि पहिलो प्राथमिकता दिएको छ । लामो समयपछि जिल्लामा बसपार्क बनाउने स्थानको टुंगो लागेको हो । बसपार्कको अभावमा सदरमुकामका सडककै सवारीसाधनहरु पार्किङ गर्नुपर्ने बाध्यता छ ।

Thursday 11 July 2013

गनथन

गीतको कथा– ‘म मरेको पल…’ (वीरेन्द्र राई)
             भनिन्छ, संगीत मन नपराउने मानिस कोही छैन । संगीतको झंकारले गर्भको शिशु पनि खितखिताउँछ रे । गीत सुनेर हामी धुन र शब्दमा बहकिँदै आनन्दित हुन्छौं । पीडाको गीतमा समभाव राख्दै सुकसुकाउँदै मनैदेखि हल्का पनि बन्छौं । गीतका शब्दलाई आफ्नै बुझाइअनुसार लिएर समभावमा बग्नु नै स्रोताको विशेषता हुने गर्छ । यस्तै ग्रहणशीलताका कारण कतिपय साना आयामका र सामान्य गीत पनि लोकप्रियता र प्रसिद्धिका हिसाबले चुलीमा पुग्छन् । हामीले आफ्नै दृष्टिले गीतलाई हेरे पनि र एउटा अनुमानमा बुझे पनि कुनै गीतको कथा र गीत लेखिनुको रचनागर्भ खास के हुन्छ त ? यही खोतल्ने प्रयासस्वरुप ‘गीतको कथा’ स्तम्भ ब्लगमा सुरु गर्दै छु । गीतकारसँग उहाँले लेखेको कुनै एक चर्चित गीतको सेरोफेरोमा रहेर गरिएको कुराकानीलाई उहाँकै शब्दमा प्रस्तुत गरिनेछ । आशा छ, मन पराउनुहुनेछ । यसबाट गीतलाई अझ नजिकबाट बुझ्न र पारख गर्न सहयोग पुग्ने ठानेको छु ।
यस पटक खोटाङ जिल्लाका गीतकार वीरेन्द्र राईले लेखेको र सुरेश अधिकारीले स्वर र संगीतबद्ध गरेको चर्चित गीत ‘म मरेको पल तिमी डोली चढ्नु’को चिरफार ।